Posts

गीत विवरण : शिर्षक : पराई माइलाले शब्द: श्रवण मुकारूङ सङ्गीत : कालीप्रसाद बस्कोटा स्वर : सुनिता थेगिम  ।। शब्द ।। राई माइलाले गाउँ छाेड्याे रे ! बाटो छेकिदेऊ न ! कुन गाडीमा चढ्यो हाेला ? कुन घुम्ती काट्याे हाेला ? ढाट राखिदेऊ न ! फर्क भनिदेऊ न ! शिरमा ढाका टाेपी कुममा काने झाेला गाेलाे चिम्साे अ‍ाँखा खुकुरी नि हाेला नाम साेधे उसलाई फूलझैँ हाँसिदेला काेटको गाेजीभित्र हाम्रो फाेटाे हाेला त्यही फाेटाे हेर्दै भाेलि माइला राेला ! बिन्ती तर्न नदेऊ उल्लाई अरुण खाेला राई माइलाले... ऊ गइगयाेभने खेत कल्ले खन्छ ! सन्चो-बिसन्चाेमा के छ कल्ले भन्छ ! काे कलिया बन्छ काे मलामी हुन्छ एउटा मान्छे जाँदा एक्लै कहाँ जान्छ उल्ले गाउँदै हिँड्ने गीत पनि लान्छ बिन्ती राेक उसलाई ! घडी फूलले भन्छ राई माइलाले...

UDIRAHECHHA - SWAR FULL LYRICS

Image
Song Details : Title : Udirahechha Singer / Lyrics / Music : Swapnil Sharma Arranger : Rohit Sakya Lyrics in Roman : udirahechan yi bhawana mera yi bhawana mera timrai prati aljhirahechan yi aatma mera yi aatma mera timrai najik dhakherai anjuli le yaadkar diyo chopera nai rakhnu ma adhero bhaisake sangalera rakheka tii kusume rumal le puchi dinu aashu naparkhine bhaye maya baliya hamro paribes yo j sukai hos timro mutu bhari chapiyeka yi katha jasto samjhanama ma aljhiyerai maan rudo hola bedana le pirerai ashu jharlan timra mera bicha ka sambandha haru nabirsinu hai nabirsanu hai mutu bhitra jiyeko aaijelu lai fukai dinthiye ma najik bhaidiye sangalera rakheka tii kusume rumal le puchi dinu aashu naparkhine bhaye maya baliya hamro paribes yo j sukai hos timro mutu bhari chapiyeka yi katha jasto udirahechan yi bhawana mera yi bhawana mera…. Original Video :

PIRAI PIR FULL LYRICS IN NEPALI AND ROMAN ENGLISH-BHUPU PANDE

Image
गीत विवरण : शिर्षक : पीरै पिरमा  गायक : भुपु पाण्डे शब्द / सङ्गीत : भुपु पाण्डे ।। शब्द ।। फूल फुलेर के गर्नु भिरै भिरमा छ   जिन्दगी चल्न त चल्या छ     पिरै पिरमा छ गारो भयो हजुर खुलेर हाँस्नलाई बेरोजगारी हजुर भएर बाँच्नलाई चट्ट हेर्दा हजुर जिन्दगी दामी छ सबै ठिक छ हजुर पैसाकै कमि छ न त पढाई हजुर न ठुलो लगानी अब खाडी हजुर जाने त होला नि जोगी आउँछन् हजुर देवताको भेषमा जनताभन्दा हजुर नेता छन् यो देशमा फ़्रस्ट्रेशनले हजुर जाँड बोक्छु झोलामा उमेर बित्यो हजुर चुरोट र भोलामा विदेश जाँउ त हजुर लाग्दैन भिसा उमेर पनी हजुर पुग्दैछ दुई बिश बाउ आमाको हजुर साहारा छोरो कस्तो देशमा हजुर जन्मेछु मै मोरो घरबारी हजुर राखेर बन्धकि उधारोमा हजुर चल्दैछ जिन्दगी एउटै डर हजुर लाग्दछ बेस्कनी छिमेकीले हजुर लान्छ कि देशपनि ऐर्पोर्टैमा हजुर मान्छेको ताँती नेपाल रित्तो हजुर हुने भो ए साथी Lyrics in Roman English : ful fulera k garnu bhirai bhir ma chha jindagi chalna ta chalya chha pirai pir ma chha garo bhayo hajur khulera hasna lai berojgari hajur bhayera bachna lai chatta h

SUSTA SUST LYRICS IN NEPLAI DEGREE MAILA M.A. 3RD CLASS

Image
गीत विवरण : शिर्षक : सुस्त सुस्त गायक : एसडी योगि / बिज्ञानि पराजुली  शब्द : दिल्लु चम्लागाई सङ्गीत : एसडी योगि चलचित्र : डिग्री माईला (M.A. 3RD CLASA) ।। शब्द ।। केटि : सुस्त सुस्त निदाउ तिमी बिहानी बनाउ केटा : केही चाहिदैन यो छाती सिरानी बनाउ केटि : सुस्त सुस्त निदाउ तिमी बिहानी बनाउ केटा : केही चाहिदैन यो छाती  सिरानी बनाउ केटि : मैले फेर्ने हरेक धडकन तिम्रै लागि फेर्छु केटा : जुनि जुनि सयौ जुनि अङ्गालोमा बेर्छु केटि : सपनामा लठिएर तिमी र म सङ्गै कहानी बनाउ केटा : सपनामा लठिएर तिमी र म सङ्गै कहानी बनाउ केटि : धड्की रहन्छु तिम्रै लागि म धडकन बनेर केटा : तिम्रो माया लाई जोगाउला म आफ्नै ठानेर केटि : धड्की रहन्छु तिम्रै लागि म धडकन बनेर केटा : तिम्रो माया लाई जोगाउला म आफ्नै ठानेर केटि : मस्ती गर्दै तिता यादहरु खरानी बनाउ केटा : केही चाहिदैन यो छाती  सिरानी बनाउ केटि : मैले फेर्ने हरेक धडकन तिम्रै लागि फेर्छु केटा : जुनि जुनि सयौ जुनि अङ्गालोमा बेर्छु केटि : सपनामा लठिएर तिमी र म सङ्गै कहानी बनाउ केटा : सपनामा लठिएर तिमी र म सङ्गै कहानी बनाउ अफिसियल गीत : 

Yesai Gari Bitai Dinchhu lyrics in Nepali - Narayan Gopal

Image
गीत विवरण : रचनाः काली प्रसाद रिजाल संगीतः नारायण गोपाल स्वरः नारायण गोपाल Lyrics in Nepali : यसै गरी बिताई दिन्छु दुई दिनको जिन्दगी हाँसोमा लुटाई दिन्छु आफु आसुमा डुवि यसै गरी बिताई दिन्छु दुई दिनको जिन्दगी [भिड छ म भिडमा आफुलाई बिलाई दिन्छु बिर्सि दिन्छु आफुलाई होशमा हराई दिन्छु] ..२ कि त लुकी यतै कतै रोई दिन्छु सुस्तरी हाँसोमा लुटाई दिन्छु आफु अाँसुमा डुवि यसै गरी विताई दिन्छु दुई दिनको जिन्दगी [च्याति दिन्छु आफुलाई बाली दिन्छु साँझमा फालि दिन्छु आफुलाई दिनहरुको माझमा ]...२ गाई दिन्छु गीत आप्mनो आफैलाई नै पिई हाँसोमा लुटाई दिन्छु आफु आँसुमा डुवि यसै गरी विताई दिन्छु दुई दिनको जिन्दगी Original Song :

Chumera pana bhari lyrics in Nepali - Narayan Gopal and Gopal Yonjan

Image
गीत विवरण : रचनाः गोपाल योन्जन संगीतः गोपाल योन्जन स्वरः नारायण गोपाल Lyrics in Nepali : चुमेर पाना भरी यति म लेखि दिन्छु प्रितीका बातहरु जाने जति लेखि दिन्छु ... २ चुमेर पाना भरी रात भरी भरी एउटै सपना देखेको हुन्छु ... २ देखेका सपनाहरु सवै म लेखी दिन्छु मुस्कानका गजका टुक्रा हेरी नमस्की दिनु नलेख्न पर्ने पनि सायद म लेखी लिन्छु ... २ बर्णन गरेर तिम्रो सर्वाङ्ग लेखी दिन्छु ... २ एकछिनको निम्ति तिमीलाई उदांङ्ग देखि दिन्छु सायद रिसाई दिन्छौं हुन सक्छ च्याति दिन्छौ म त मन परेकोलाई यस्तै नै लेखी दिन्छु ... २ Original Song :

DUITA PHOOL DEURALIMA LYRICS IN NEPALI NARAYAN GOPAL

Image
गीत विवरण : रचनाः ईश्वर बल्लभ संगीतः नारायण गोपाल  स्वरः नारायण गोपाल Song Lyrics in Nepali : दुईटा फूल देऊरालीमा साथै राख्यौं जस्तो लाग्छ कतै टाढा जांदा खेरी संगै हिंड्यौ जस्तो लाग्छ  देखें जस्तो पनि लाग्छ बोले जस्तो पनि लाग्छ  कतै टाढा जांदा खेरी संगै हिंड्यौ जस्तो लाग्छ  दुईटा फूल देऊरालीमा गुलाफको तरेलीमा शीतको थोपा परे जस्तो तल्कीने त्यो निधारमा पसिना सुकाई दिएँ जस्तो लाग्छ पात हम्की पिपलको विसाउनेमा जिन्दगीको पसिना लत्रेका ती परेलीको संझना छ जस्तै लाग्छ कतै टाढा जांदा खेरी संगै हिंड्यौ जस्तो लाग्छ  दुईटा फूल देऊरालीमा राती फुल्ने फूल टिपी सिउरी दिएँ जस्तो लाग्छ कुनै रात झस्केको त्यो बासमा ओट मुनी आकासको छाँया मुनी धरतीको रात मुनी वसेको त्यो बासमा विर्से विर्से जस्तो लाग्छ सम्झे सम्झे जस्तो लाग्छ कतै टाढा जांदा खेरी संगै हिंड्यौ जस्तो लाग्छ  दुईटा फूल देऊरालीमा Original Song :