गीत विवरण : रचनाः गोपाल योन्जन संगीतः गोपाल योन्जन स्वरः नारायण गोपाल Lyrics in Nepali : चुमेर पाना भरी यति म लेखि दिन्छु प्रितीका बातहरु जाने जति लेखि दिन्छु ... २ चुमेर पाना भरी रात भरी भरी एउटै सपना देखेको हुन्छु ... २ देखेका सपनाहरु सवै म लेखी दिन्छु मुस्कानका गजका टुक्रा हेरी नमस्की दिनु नलेख्न पर्ने पनि सायद म लेखी लिन्छु ... २ बर्णन गरेर तिम्रो सर्वाङ्ग लेखी दिन्छु ... २ एकछिनको निम्ति तिमीलाई उदांङ्ग देखि दिन्छु सायद रिसाई दिन्छौं हुन सक्छ च्याति दिन्छौ म त मन परेकोलाई यस्तै नै लेखी दिन्छु ... २ Original Song :