गीत विवरण :
रचनाः गोपाल योन्जन
संगीतः गोपाल योन्जन
स्वरः नारायण गोपाल
Lyrics in Nepali :
चुमेर पाना भरी यति म लेखि दिन्छु
प्रितीका बातहरु जाने जति लेखि दिन्छु ... २
चुमेर पाना भरी
रात भरी भरी एउटै सपना देखेको हुन्छु ... २
देखेका सपनाहरु सवै म लेखी दिन्छु
मुस्कानका गजका टुक्रा हेरी नमस्की दिनु
नलेख्न पर्ने पनि सायद म लेखी लिन्छु ... २
बर्णन गरेर तिम्रो सर्वाङ्ग लेखी दिन्छु ... २
एकछिनको निम्ति तिमीलाई उदांङ्ग देखि दिन्छु
सायद रिसाई दिन्छौं हुन सक्छ च्याति दिन्छौ
म त मन परेकोलाई यस्तै नै लेखी दिन्छु ... २
टिप्पणियाँ
एक टिप्पणी भेजें