Atteri lyrics in Nepali by Sushant KC

Song Details :

Title : Atteri

Vocal/Lyrics/composed : Sushant KC




यो मन अटेरी, तिमी हेरी

नजाने भन्छ अन्तैतिर

मलाई फेरि नसोधे नि

नसोधे नि हुन्छ, तिमी नै निर



बसी हरपल तिमीसँग याद बुनेर

तिमी लिए सियो है, धागो म लेर

उनीउनी जाऔँ न समय मेरा

फाल न खेर

अबेर, हुन-हुन लाग्यो, कहाँ जान्छे?

कति लोभ्याको, बाफरे!

कति तड्पाउने होला? ओ, लौ न

कराएँ पागलझैँ



आऊ न, आऊ न

आऊ, आऊ न



फेरि-फेरि म समुन्द्रको छालझैँ

तिमी मेरी यो किनारा, म चुम्न

आऊँ कि म बसम् यहीँ तालझैँ?

लेर आऊ तिमी ख्याएर डुङ्गा

केही पङ्ती म गुनगुनाउँछु

केही तिमी गाउँदा हुन्न र?

तिमीबारे कति गीत बनाउँछु

यहीँ बस है, ध्यानले सुन

पलपल तिमीसँग याद बुनेर

धड्कन-धड्कन साथ कुदेर

भुलीभुली जाऔँ न समय मेरा

फाल न खेर

अबेर, हुन-हुन लाग्यो, कहाँ जान्छे?

कति लोभ्याको, बाफरे!

गाजलु आँखाले घायल, हेर

घायल, हेर न



हेर न, तिम्लाई कति धेरै माया

म देर राख्नेछु, तर तिमी पहिला



आऊ न, आऊ न

आऊ, आऊ न



बदलियो कि मेरोप्रति

मनस्थिति तिम्रो? जति

भागे पनि म बेवशी

तिम्रो लागि तड्पिरहेँ



यो मन अटेरी, तिमी हेरी

नजाने भन्छ अन्तैतिर

मलाई फेरि नसोधे नि

नसोधे नि हुन्छ, तिमी नै निर

बस्छु म

Video of Atteri by Sushant KC



Post a Comment

0 Comments