गीत विवरण :
रचनाः ईश्वर बल्लभ
संगीतः नारायण गोपाल
स्वरः नारायण गोपाल
Song Lyrics in Nepali :
दुईटा फूल देऊरालीमा साथै राख्यौं जस्तो लाग्छ
कतै टाढा जांदा खेरी संगै हिंड्यौ जस्तो लाग्छ
देखें जस्तो पनि लाग्छ बोले जस्तो पनि लाग्छ
कतै टाढा जांदा खेरी संगै हिंड्यौ जस्तो लाग्छ
दुईटा फूल देऊरालीमा
गुलाफको तरेलीमा शीतको थोपा परे जस्तो
तल्कीने त्यो निधारमा पसिना
सुकाई दिएँ जस्तो लाग्छ पात हम्की पिपलको
विसाउनेमा जिन्दगीको पसिना
लत्रेका ती परेलीको संझना छ जस्तै लाग्छ
कतै टाढा जांदा खेरी संगै हिंड्यौ जस्तो लाग्छ
दुईटा फूल देऊरालीमा
राती फुल्ने फूल टिपी सिउरी दिएँ जस्तो लाग्छ
कुनै रात झस्केको त्यो बासमा
ओट मुनी आकासको छाँया मुनी धरतीको
रात मुनी वसेको त्यो बासमा
विर्से विर्से जस्तो लाग्छ सम्झे सम्झे जस्तो लाग्छ
कतै टाढा जांदा खेरी संगै हिंड्यौ जस्तो लाग्छ
दुईटा फूल देऊरालीमा
टिप्पणियाँ
एक टिप्पणी भेजें