Songs Details :
Title : Pohor Saal
Singer : Aruna Lama
Lyrics : Rajendra Thapa
Music : Ambar Gurung
👉️ EH KANCHHA FREE MP3 DOWNLOAD ☝️
Lyrics in Nepali :
पोहोर साल खुसी फाट्दा
जतन गरि मनले टाले ।
त्यहि साल माया फाट्यो
त्यसलाई पनि मनले टाले ।
यसपाली त मनै फाट्यो,
केले सिउने, केले टाल्ने हो ।
पोहोर साल खुसी फाट्दा
जतन गरि मनले टाले ।
त्यहि साल माया फाट्यो
त्यसलाई पनि मनले टाले ।
यसपाली त मनै फाट्यो,
केले सिउने, केले टाल्ने हो ।
सास फेरे जस्तो लाग्छ,
तर भन्छन मरिसकिस ।
तेरो भाग्य यति नै हो,
भोग चलान गरि सकिस ।
सलहको भाग्य मेरो,
मर्ने बाच्ने ठेकान छैन ।
भाग्य फाटे सिउथे बरु तर मन सिउने केले हो ।
सुख के हो ? दुख के हो ?
मनले खोज्ने खुसि के हो ?
भाबीले निधारमा कर्म लेखिदिने मसि के हो ?
कर्म लेख्ने मसि के हो ?
भाग्य तोक्ने कसी के हो ?
कर्म फुटे जोड्थे बरु तर मन जोड्ने केले हो ।
पोहोर साल खुसी फाट्दा
जतन गरि मनले टाले ।
त्यहि साल माया फाट्यो
त्यसलाई पनि मनले टाले ।
यसपाली त मनै फाट्यो,
केले सिउने, केले टाल्ने हो ।
टिप्पणियाँ
एक टिप्पणी भेजें