गीत विवरण :
गीत : सुनाखरी
स्वर : उज्वल सागर / बिध्या तिवारी
शब्द : हर्क साउद
सङ्गीत : उज्वल सागर
।। शब्द ।।
केटा / केटि (सयुक्त) :
यो हाम्रो सेरोफेरो न तिम्रो न मेरो
बादलु किनार चादिको घेरो
यो हाम्रो सेरोफेरो न तिम्रो न मेरो
बादलु किनार चादिको घेरो
केटि :
यो खर्क टेरि हाम्रो घरबार हो हो नि ज्यानमाया
ताराको छानो जुनैको दरबार हो हो नि ज्यानमाया
केटा :
सुनाखरी टिपि सिउरी चुलठिमा
अलझियो यो ज्यान पाते बुलाकिमा
केटि :
पङ्ख फिजाई उड्यो पन्छी फिरफिरफिरफिर
सुन्न खोज्छ डालिले गीत चिर्बिर चिरबिर
पङ्ख फिजाई उड्यो पन्छी फिरफिरफिरफिर
सुन्न खोज्छ डालिले गीत चिर्बिर चिरबिर
केटा :
चल्यो बतास कता रोकियो
बग्यो खोली कता ठोकियो
चल्यो बतास कता रोकियो
बग्यो खोली कता ठोकियो
केटा :
यता रातै उता रातै सान्झ पछि रातै त हो
सिरानी चिसो चिसै छ छाती न्यानो त साथै त हो नि हौ
केटि :
छैन जुनेली आगनिमा के ले छेक्यो जुन
उघारै परेलि टिलिपिलि सुनिरहु मेरा यै धुन
केटा :
बासी आँखा बोकेर छातिमा न्यानो छोपेर
एक मुठी सास रोकेर आए ज्यानमाया आए
केटि :
झ्याल बाट घाम झलमल रातभरी मनको छलफल
ज्यानकै माया सलसल आहै ज्यानमाया आहै
केटा :
बासी आँखा बोकेर छातिमा न्यानो छोपेर
एक मुठी सास रोकेर आए ज्यानमाया आए
केटि :
झ्याल बाट घाम झलमल रातभरी मनको छलफल
ज्यानकै माया सलसल आहै ज्यानमाया आहै
केटा :
एउटै तन हामी एउटै मनमुटु हो हो नि ज्यानमाया
सङ्गै बसौ लाग्छ कहिल्यौ नछुटौ हो हो नि ज्यानमाया
केटा / केटि (सयुक्त) :
यो हाम्रो सेरोफेरो न तिम्रो न मेरो
बादलु किनार चादिको घेरो
यो हाम्रो सेरोफेरो न तिम्रो न मेरो
बादलु किनार चादिको घेरो
यो हाम्रो सेरोफेरो न तिम्रो न मेरो
बादलु किनार चादिको घेरो
यो हाम्रो सेरोफेरो न तिम्रो न मेरो
बादलु किनार चादिको घेरो
Official Music Video :
टिप्पणियाँ
एक टिप्पणी भेजें