गीत विवरण :
शिर्षक : अर्बौ मान्छेहरुमा
स्वर / शब्द : मदनकृष्ण श्रेष्ठ
सङ्गीत : न्ह्यु बज्रचार्य
(अर्बौ मान्छेहरुमा तिमी एक मन मिल्ने मान्छे) -२
म मन मिल्ने मान्छे भेट्दा (सन्सार नै भुल्ने मान्छे)-२
अर्बौ मान्छेहरुमा तिमी एक मन मिल्ने मान्छे
(तराजुमा राखेर धेरै पल्ट यो दुनियालाई मैले जोखेको छु) - २
सहानुभुतिको आशा गरेर रुदै ब्यर्थै बेदना पोखेको छु
(देखेर मानिसको मतलबी चाला) -२ रुदा रुदै म रोकिएको छु
मलाई सानै चोट लाग्दा पनि तिमी छ्टपटाई हाल्ने मान्छे
अर्बौ मान्छेहरुमा तिमी एक मन मिल्ने मान्छे
(म निरधान निरबल र बेअर्थको पानी बिहिन खोला)-२
म सायद त्यो अस्तित्व हिन मान्छे मेरो महत्त्व के होला
(केही छिन त तैपनि हासेरै जिउछु )-२ तिमी साथ भएको बेला
मेरो मृत्युको खबर सुन्दा यहाँ तिमी एक छौ रुने मान्छे
(अर्बौ मान्छेहरुमा तिमी एक मन मिल्ने मान्छे) -२
म मन मिल्ने मान्छे भेट्दा (सन्सार नै भुल्ने मान्छे)-२
अर्बौ मान्छेहरुमा तिमी एक मन मिल्ने मान्छे
0 टिप्पणियाँ