गीत : सिरानी
एल्बम : पारा
स्वर : बिनोद राई
शब्द : बासु पुलामी मगर
सङ्गीत : अनिल फागो
सिरानिमा तिम्रो मेरो कथा लुकेको छ -२
बिपनिमा माया पनि धेरै दुखेको छ -२
सिरानिमा तिम्रो मेरो कथा लुकेको छ
[टाढा हुदा माया पनि टाढै सर्छ रे
यस्तो बेला मन पनि त्यसै मर्छ रे]-२
कति माया मरिसक्यो कति मन सरिसक्यो
एक्लो हुदा बिपनी नै धेरै दुखेको छ
सिरानिमा तिम्रो मेरो कथा लुकेको छ
[हुरि चल्छ छाती भरी आधी बेरि सरि
काडा बिज्छ मुटु भरी छुरी चले सरि ] -२
कति हुरि चलिसक्यो कति छुरी चलीसक्यो
एक्लो हुदा जिन्दगीनै धेरै देखेको छ
सिरानिमा तिम्रो मेरो कथा लुकेको छ
0 टिप्पणियाँ