गीत : फुलै फुलको सौगात
स्वार : जन्तरे मामा (अमित राई)
शब्द : गोपाल चन्द्र राई
सङ्गीत : तोरेम्पा
एरेन्जर : रोशन बान्तावा
रेकर्डिस्ट : मनोज साङ्सोङ राई
मिक्सिङ / मास्टरिङ : राजु कार्की
स्टुडियो : स्टुडियो किङ
।। शब्द ।।
फुलै फूलको सौगात तिमीलाई
स्वीकारेर सिउरिदेउ त्यो चुल्ठोमा ।
बर्साइदिउँला मायाको बहार
सम्हालेर राखिदेउ त्यो पोल्टोमा।
पर बरु सहि दिउँला सावनको झरी
तर तिमी हुनु पर्छ मेरै वरिपरि
फरिया माथी मखमली चोली
साँचै राम्री देखिन्छ्यौ घुम्टोमा
वर्षाई दिउँला मायाको बहार
सम्हालेर राखी देऊ त्यो पोल्टोमा।
जूनलाई लाखौं तारा पिपलुलाई बर
तिमी बाहेक मेरो भन्नु अरु को नै छ र
सपनीमा पनि सम्झना बनी
आइदिन्छौ यो मनको झझल्कोमा
बर्षाई दिउँला मायाको बहार
सम्हालेर राखी देऊ त्यो पोल्टोमा।
0 टिप्पणियाँ