गौरव पहारी र मेनुका प्रधानको अभिनय रहेको ‘गाउँघरै रमाइलो’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । भिडियोलाई ओ.एस.आर डिजिटल मार्फत सार्वजनिक गरिएको हो ।
साजन राईको आवाज रहेको गीतमा संगीत राईकै रहेको छ भने एरेन्ज सन्जीव बराइलीले गरेका छन् । आफ्नो देशप्रेम,देश प्रतिको माया , गाउँघरको झल्को दिने भावमा सुन्दर शब्दहरुले उनेर शब्द कोरेका छन् रमेश कार्कीले।
जिबन्त अभिनय गर्ने कलाकारको लिस्टमा आउने नाम हो मेनुका प्रधान र गौरब पहारी । धेरै वटा नेपाली चलचित्र र म्युजिक भिडियोहरुमा संगै देखिसकेका , दर्शकबाट सर्वाधिक रुचाइएका यी जोडी पुनः एकसाथ यस म्युजिक भिडियोमा देखिएका छन् ।
दुवै जनाको प्रेमिल अभिनयले गाउँघरको त्यो रमाइला पल,मेलापात र घाँसदाउरा गर्दै रमाइलो गरेको सुन्दर पल र सम्बन्धलाई महसुस गर्न सकिन्छ ।
भुपेन्द्र तुम्बाहाम्पेले खिचेको यस भिडियोको निर्देशन किरण चाम्लिङ राई र भुपेन्द्र स्वयंले गरेका हुन् भने अनिल रानाले सम्पादन गरेका हुन् । (भिडियो हेर्न तल क्लिक गर्नु होला )
टिप्पणियाँ
एक टिप्पणी भेजें