Song Details :
Song Title : Sunana
Vocal / Music : Ujjwal Sagar
Lyrics : Roshan
Lyrics in Nepali :
सुन न,
तिमी खुसी त छौ नि ?
सिमलको भुवाँसरि
उडि गएथ्यौ
कति माथी पुग्यौ ?
र छोड्यौ मलाइ देख्न
भन न,
तिमी खुसी त छौ नि ?
छोड न सपनाको कुरा
म बिपनासँग पनि डराउँदिन
तर एउटामा डुबिसकेको मान्छे
त्यसरि अरु कसैमा हराउँदैन
पुग्नु मैले पनि छ
जानू तिमिले पनि छ
यो बाटोले लान्छ कहाँ ?
कसलाइ के थाह
भनन,
तिमी खुसी त छौ नि ?
रातहरु यहाँ
कस्को अनिँदो छैन ?
हर कोहि एकान्तमा
रोएकै हुन्छ !
जिन्दगी सधैं
रमाइलो भैदिए
दु:खको गीत यहाँ ,
कोहि किन सुन्छ ?
यो सुतेको सुनसान
सडकले कुन
सहरमा ब्युँझाउने हो
कसलाइ के थाह
भनन,
तिमी खुसी त छौ नि ?
छोड न दु:खको कुरा
तिमिलाइ नहाँसेको सुहाउँदैन
तर एउटामा डुबिसकेको मान्छे
त्यसरि अरु कसैमा हराउँदैन
पुग्नु मैले पनि छ
जानू तिमिले पनि छ
यो बाटोले लान्छ कहाँ ?
कसलाइ के थाह
भनन,
तिमी खुसी त छौ नि ?
टिप्पणियाँ
एक टिप्पणी भेजें