Song Details :
Song Title : School Pathshala
Singer: Sugam Pokharel (1MB)
Lyrics: Bhupendra Khadka / 1MB
Music: Sugam Pokharel (1MB)
Album: School Pathshala
Lyrics in Nepali :
पुराना ती केही अनुहार
आज आए मलाई फेरि याद
वर्षौं बित्यो भेटघाट छैन
समयसँगै भयो बदलाव
कुमालेको चक्र झै घुमिरहने चोला
आँखैभरी नाचिरहे ति पल र बेला
मनको स्मृतिमा अझै ताजा छ तस्वीर
( हाम्रो स्कुल पाठशाला )*३
पढ्थ्यौ सँगै एउटै कक्षामा
हानथाप हुन्थ्यो पछाडि बस्न
आँखा छली, गुरुको हामी
भाग्ने गर्थ्यौ सिनेमा हेर्न
ताजा भई आए याद मनमा यो बेला
फर्किए ति दिनहरू कस्तो हुन्थ्यो होला
मनको स्मृतिमा अझै ताजा छ तस्वीर
( हाम्रो स्कुल पाठशाला )*३
इन्टु मिन्टु स्कुलमा
हाम्रो बाबा आँगनमा
स्कुलको पाले दाइ पहिलो घण्टी बजाईदेउ
हाम्रो बाबा फकाईदेउ टिनिनी झ्याप
टिनिनी झ्याप
साथीहरुको भिडमा उनी केही अलग थिइन
पढी लेखी जीवनमा केही गर्नुछ भन्थिन्
कापी साट्दा साट्दै मन साटिएकाे पत्तै भएन
उनको साथीलाई थाहा थियो
तर उनलाई भन्न सकिन
आज कहाँ होलिन्
के गर्दै होलिन्
उनलाई पनि ती पलहरु याद होला नहोला
सायद अब हाम्रो भेट कहिल्यै नहोला
मनको स्मृतिमा अझै ताजा छ तस्वीर
( हाम्रो स्कुल पाठशाला )*३
सम्झना छ अझै पनि तिम्रो
हाम्रो स्कुल पाठशाला
तिम्रो सम्झना अझै पनि छ
0 Comments