SONG DETAILS :
Song Title : Nau lakha tara udaye
Singer : Ambar Gurung
Lyrics : Agamsingh giri
Music : Ambar Gurung
Lyrics in Nepali :
शरद लाग्यो बनमा, फुलले प्रीति गाँसेछ
नजली यहाँ झिलिली, मनको तारा निभेछ
गुराँस फुल्यो पहाडमा, मनको फुल झरेछ
नसम्झ आज नेपाली, सन्चोले यहाँ बाँचेको
काँडा कै माझ पहाडी, छैन र कहाँ हाँसेको…२
सुनको सपना आँसुमा, किन हो बाँधील्यायौ नि
घरको माया बिर्सेर, किन पो यहाँ आयौ नि…२
हो, मुटुको रगत एउटै हो, पिरको वह बेग्लै छ
हामीलाई यहाँ चिन्यौ कि, मनको चोट बेग्लै छ
नियाली हेर हामीलाई, भिजेको छैन परेला
आँसुले गह भिजाए, अरुले निर्धा सम्झेला
बुझ्छ र कस्ले रोएको मुटुमा काँडा लिएर
अरुका सारमा हाँसेको, आँसुका घुट्का पिएर…२
पहाडी फुल नफक्री, किन हो चुँडिल्यायौ नि
मनको आगो निभाउन, किन पो यहाँ आयो नि…२
टिप्पणियाँ
एक टिप्पणी भेजें