सीधे मुख्य सामग्री पर जाएं

Biography of Chhewang Lama ll छेवाङ लामा

छेवाङ लामा :

नेपाली गायक, संगीतकार, गीतकार, म्युजिक प्रोडुसर र मोडल यी धेरै विधामा अब्बल एक चर्चित नाम हो । उनलाई धेरै दर्शकश्रोताहरुले कभर गायकका रुपमा चिनेता पनि उनि बहुप्रतिभावान एक कलाकार हुन । उनको जन्म काभ्रेको बनाकुमा भएको हो । उनका परिवार काठमाण्डौ बसाई सरेता पनि उनि भने ८ वर्षको उमेर सम्म आफ्ना हजुरबुवा सँग काभ्रेमा नै बसे । त्यस बिचमा उनका अभिभावकले धेरै काठमाण्डौ लैजान खोजे तर उनि जान मानेन । तर जब दिदिको बिबाह भयो त्यस पछि भने दिदि भेनाले फकाएर उनलाई काठमाण्डौ ल्याई छाडे । त्यसपछि उनको बाल्यकालका अधिकांश समय काठमाण्डौमा बिते ।

संगीत यात्रा

उनले काभ्रेमा छदाँ पढ्न नमानेता पनि काठमाण्डौ आए पछि भने ब्याचलर सम्मको अध्यायन क्लासिक कलेज बाट गरे । ब्याचलर सकेर उनि पढाई गर्ने बहानामा युके हानिए । किन कि उनी घरको जेठा छोरा भएकाले घर प्रतिको जिम्मेवारी उनैको काधमा थियो । त्यसैले उनको उद्देश्य पढाई भन्दा बढी आर्थिक रुपमा सक्षम बन्नु थियो । तर उनले युके छदाँ आर्थिक सँगै गायनमा पनि उल्लेख्य प्रगती गरे । २००९ तीर युकेमा धेरै युटयुबमा कभर गीत गाउनेहरु देखे र उनमा गायक बन्ने सपना नभएता पनि स्कुल कलेजमा हुने कार्यक्रमहरुमा भाग लिएका अनुभवहरु भने प्रसस्तै थिए र उनले पनि कभर गीत गाउने निधो गरे । उनले युकेमा छदै १९ मार्च २०१० मा आफ्नो युटयुव च्यानल बनाएर २०१३ मा पहिलो चोटी कभर गीत सार्वजनिक गरे । त्यसले थोरै भए पनि उनलाई चर्चा दिन सफल भए । र उनमा उत्प्रेरणा थप्ने काम भयो । उनी परदेशमा हुदाँ आफ्नी आमालाई सम्झेर आफनै शब्द, संगीतमा गीत बनाए र त्यसलाई पनि युटयुवमा सार्वजनिक गरे । उनलाई उक्त गीत अझै धेरै दर्शकश्रोता समक्ष पुग्न बाटो बनिदियो । त्यस पछि उनि काम र पढाई सँगै गीतहरु धमाधम गाउदै युटयुवमा राख्न थाले । यसैक्रममा उनी धेरै युवापुस्ताहरु माझ कभर सिङगरको रुपमा स्थापित भए । जब उनि २०१७ तिर नेपाल फर्किए त्यसपछि भने उनि गायनलाई सिरियस रुपमा लिएर अघि बढ्ने निर्णय गरे फलस्वरुप अहिले नेपाली संगीतआकाशमा एक चम्किला ताराको रुपमा उदाउन सफल भए ।


उनले धेरै हिट कभर तथा म्यासप गीतहरु संगीत पारखीहरुका लागि दिई सकेका छन । भने लाहुरे जस्तो आफ्नै हिट गीत पनि दिईसकेका छन । अहिले छेवाङ लामा धेरै युवाहरुको ढुकढुकी बनि सकेका छन । उनलाई यतिबेला सोसाल मिडियामा फलो गर्ने दिनानु दिन बढ्दो छ । यो सामग्री तयार गरिरहदा सम्म उनको युटयुवमा प्लस ५०० के ले सब्स्क्राईब गरिसकेका छन् । त्यस्तै फेसबुकमा २ लाख १६ हजार २८८ जनाले लाईक गरेका छन भने इन्स्टाग्राममा प्लस ४० के ले पछयाइरहेका छन ।

पृथक स्वरका धनि छेवाङ नम्र बोली र मिठो हासोका कारण धेरै महिला प्रशंशकहरु बनाउन सफल छन् । उनको च्यानलमा अहिले सम्ममा सबैभन्दा धेरै भ्युज मिति २०१८ मार्च ८ मा अपलोड भएको सञ्जित श्रेष्ठ सँग गाएका म्यासप गीत रहेको छ जसको जम्मा भ्युज २ करोड २ लाख ८४ हजार २५४ रहेको छ । त्यस्तै दोस्रो धेरै भ्युज भएको भिडियो उनको आफ्नै गीत लाहुरे रहेको छ । मिति २०१९ जुन १३ मा अपलोड गरिएको उक्त भिडियोको यो सामाग्री बनाईरहदाँ सम्म १ करोड ५८ लाख ६५ हजार ०३१ ले हेरिसकेका छन । त्यस्तै तेस्रोमा लाहुरे २ रहेको छ । मिति ः २०२० जनवरी ३ मा अपलोड उक्त गीत यो भिडियो बनाईरहदाँ सम्म जम्मा ६९ लाख ३ हजार ४२३ चोटी हेरिएका छन् ।

उनले म्युजिक लाईफ र स्ट्रगल नामक एल्बम सार्वजनिक गरिसकेका छन् । उनि गायक, संगीतकार तथा कुशल निर्देशक संजित श्रेष्ठ संग मिलेर दाजुभाई कम्पनी तथा प्रोडक्सन हाउस पनि संचालन गरिरहेका छन । फुलटाइम म्युजिकमा लागिरहेका लामा अझै केहि वर्ष संघर्ष गर्ने त्यसपछि मात्र बौबाहिक जीवन सुरु गर्ने सोचमा रहेका छन । लाहुरे जस्ता हिट गीत दिईसकेका लामालाई आगामी दिनहरुमा अझै सुन्दर सृजनाहरु सुन्न पाउ हाम्रो तर्फबाट अझै सांगीतिक सफलताको शुभकामना व्यक्त गर्दछौ ।

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

Heart touching Quotes in Nepali ll मन छुने भनाईहरु :

मन छुने लाईनहरु :  १. कुनै त्यस्तो पल छैन, जुन पल म तिमिलाई नसम्झी रहन सक्छु। २. मन दुखेर पनि रुन नसकिन्दो रहेछ कहिले काहीं सायद मन दुखाउने मान्छे आफ्नै भएर होला । ३. कुराले मात्र होइन महोदय, व्यबहारले पनि थाहा हुन्छ, यहाँ को आफ्नो अनि को पराई हो भनेर । ४. आखाले एउटा देख्छ, भग्यले एउटा दिन्छ, जिन्दगीले पनि एउटा अजिब खेल खेलेको हुन्छ । ६. रुप सङ्ग होइन मन सङ्ग प्रेम गर्नुहोस, किनकी लामो समय सम्म रुपले होइन, मनले साथ दिन्छ । ७. छोडिदिए त्यस्ता मान्छेहरु सङ्ग बोल्न, जसले हरेक शब्दमा घमण्ड मिसाएर बोल्ने गर्छ । ८. भोको पेट, खाली गोजि र झुटो प्रेमले मानिसलाई धेरै कुरा सिकाएर जान्छ । ९. व्यवहार र बोली सुन्दर बनाउ, छाला त एकदिन चाउरिएर जान्छ । १०. लेख्नलाई कलम होइन शब्द राम्रो हुनु पर्छ, देख्नलाई रुप होइन व्यबहार राम्रो हुनु पर्छ । ११. मेरो पनि आफ्नै एउटा नियम छ। एकचोटि छोडिसकेको कुरा फिर्ता लिने बानी छैन, चाहे त्यो सामान होस या सम्बन्ध । १२. सम्बन्ध टिकाउन हातमा लगाएको मेहेन्दीको रङ्ग होइन, एकअर्का प्रतिको बिश्व...

Namana Laaj Yastari Full Lyrics in Nepali - Prem Dhoj Pradhan

Songs Details : Song: Namana Laja Yastari Singers: Prem Dhoj Pradhan ,  Usha Mangeshkar Lyrics: Kiran Kharel Music: Jaydev Movie: Maitighar Songs Lyrics in Nepali : नमान लाज यस्तरी, कि झुम्छ जिन्दगी मेरो २ नआऊ सामु यस्तरी, कि अड्छ ढुकढुकी मेरो २ नआऊ सामु यस्तरी त्यो घुम्टो म उचालौ की मुहार त्यो नियालु कि भुलेर आफुलाई नै हजुर मै हराऊ कि २ न मान लाज यस्तरी कि अड्छ ढुकढुकी मेरो नआऊ सामु यस्तरी यो बैसमा बतासिदै, नआऊ न आकासिदै के थाहा भोलि कल्पिए रुनु छ कि निसासिदै २ नआऊ सामु यस्तरी, कि झुम्छ जिन्दगी मेरो नमान लाज यस्तरी यता उता नशा छरौ मिठा मिठा कुरा गरौ कि हामी एक अर्काको नगिच मै जिऊ मरु २ नमान लाज यस्तरी, कि अड्छ ढुकढुकी मेरो नआऊ सामु यस्तरी जतन गरेको दिल मेरो, नटिप है यो फुल मेरो म प्रेममा डराउछु, हुने हो कि भुल यो मेरो २ नआऊ सामु यस्तरी, कि झुम्छ जिन्दगी मेरो कि अड्छ ढुकढुकी मेरो कि झुम्छ जिन्दगी मेरो, कि अड्छ ढुकढुकी मेरो नआऊ सामु यस्तरी नमान लाज यस्तरी Official Music Video :

Rajamati Kumati Lyrics in Nepali - Seturam Shrestha

Song Details : Song : Rajamati Kumati Singer :  Seturam Shrestha Lyrics in Nepali : राजामति कुमति  जिके वसा पिरती हाय बाबा राजामति चा राजामति मबिउसा   काशी वने तेल बुबा राजामति मबिउसा   काशी वने तेल बुबा हया ब्यू राजामति चा ख्वा धासा बाला  ख्वाले निगः ती दु हिसी दुम राजामतिचा  ख्वा धासा बाला  ख्वाले निगः ती दु हिसी दुम राजामतिचा  धिकार जनम राजमति  या करम  वैसे म्हज म्दुम्ह  न्हापा वम्ह तरिथकु  लिपा वम्ह  चिरिथकु  वन्हे लिपा राजमति चा  तरिथकुया तायो दु  चिरिथकुया विजा दु  राजमतिया विजाकनि दु  प्याखना  हुयेका गुजराती फुयेका  राजमति व्या याना व्यू  राजमति मव्युसा कासि वने तेल बुवा  हया व्यू राजमति चा