गीत विवरण : शिर्षक : पीरै पिरमा गायक : भुपु पाण्डे शब्द / सङ्गीत : भुपु पाण्डे ।। शब्द ।। फूल फुलेर के गर्नु भिरै भिरमा छ जिन्दगी चल्न त चल्या छ पिरै पिरमा छ गारो भयो हजुर खुलेर हाँस्नलाई बेरोजगारी हजुर भएर बाँच्नलाई चट्ट हेर्दा हजुर जिन्दगी दामी छ सबै ठिक छ हजुर पैसाकै कमि छ न त पढाई हजुर न ठुलो लगानी अब खाडी हजुर जाने त होला नि जोगी आउँछन् हजुर देवताको भेषमा जनताभन्दा हजुर नेता छन् यो देशमा फ़्रस्ट्रेशनले हजुर जाँड बोक्छु झोलामा उमेर बित्यो हजुर चुरोट र भोलामा विदेश जाँउ त हजुर लाग्दैन भिसा उमेर पनी हजुर पुग्दैछ दुई बिश बाउ आमाको हजुर साहारा छोरो कस्तो देशमा हजुर जन्मेछु मै मोरो घरबारी हजुर राखेर बन्धकि उधारोमा हजुर चल्दैछ जिन्दगी एउटै डर हजुर लाग्दछ बेस्कनी छिमेकीले हजुर लान्छ कि देशपनि ऐर्पोर्टैमा हजुर मान्छेको ताँती नेपाल रित्तो हजुर हुने भो ए साथी Lyrics in Roman English : ful fulera k garnu bhirai bhir ma chha jindagi chalna ta chalya chha pirai pir ma chha garo bhayo hajur khulera hasna lai berojgari hajur bhayera b...