Photo Firimma - 3 Photo Sirani Full Lyrics in Nepali


गीत विवरण : 
गीत : फोटो फिरिममा - ३ (फोटो सिरानी)
स्वर : सावित्री अधिकारी 
शब्द / सङ्गीत : शिशिर भण्डारी 


।। शब्द ।।


सङ्गै बाच्ने सङ्गै मर्ने खाएका थियौ कसम
बिचबाटोमै भन्यौ तिम्ले छुटिएर बसम
सङ्गै बाच्ने सङ्गै मर्ने खाएका थियौ कसम
बिचबाटोमै भन्यौ तिम्ले छुटिएर बसम
बिदा माग्यौ हास्दै हास्दै खुशी थियौ केरे
टाढै बाट लुकि लुकि रुदै तिम्लाई हेर्दै
अब तिम्रै फोटो सिरानी मया बिरानी  
तिम्रै फोटो सिरानी मया बिरानी
हो छोडी जाने मोया कै झल्को आईरहने



हो झुप्रो बिर्सौ आफ्नो पाइला महल तिर मोड्यौ 
सुनको टुक्रा भेटे पछि मनको टुक्रा छोड्यौ 
जानिन कि मैले कतै  चोखो माया लाउन
उसले खुशी दिएन भने फर्की यतै आउनु 
अब तिम्रै फोटो सिरानी मया बिरानी  
तिम्रै फोटो सिरानी मया बिरानी
हो छोडी जाने मोया कै झल्को आईरहने


एक्लै बसि टोलाउदा तिम्रै बोली सुन्छु
मध्यरातमा तिमलाई सम्झी भक्कानिदै रुन्छु 
एक्लै बसि टोलाउदा तिम्रै बोली सुन्छु
मध्यरातमा तिमलाई सम्झी भक्कानिदै रुन्छु 
अरुलाई नै अङ्गालेर मलाई पाखा लायौ
जुनिभरलाई रुवाएर भन के चाहिँ पायौ 
अब तिम्रै फोटो सिरानी मया बिरानी  
तिम्रै फोटो सिरानी मया बिरानी
हो छोडी जाने मोया कै झल्को आईरहने



यो जुनिमा नसकेनी तिम्रो साथ पाउनु
मर्ने बेला अन्तिम चोटि मुख हेर्नू आउनु
यो जुनिमा नसकेनी तिम्रो साथ पाउनु
मर्ने बेला अन्तिम चोटि मुख हेर्नू आउनु
म मरेको खबर सुन्दा दुखी नहुनु है
अरु सबै रोए पनि तिमी नरुनु है 
अब तिम्रै फोटो सिरानी मया बिरानी  
तिम्रै फोटो सिरानी मया बिरानी
हो छोडी जाने मोया कै झल्को आईरहने
तिम्रै फोटो सिरानी मया बिरानी
हो छोडी जाने मोया कै झल्को आईरहने

अफिसियल भिडियो ।



Post a Comment

0 Comments