सीधे मुख्य सामग्री पर जाएं

पुरानो ब्याण्डक कन्दराको ब्यबस्थापन सम्बाल्दै नेप्ग्याजम

लोकप्रिय पोखरेली सांगीतिक ब्यान्ड ‘कन्दरा’र ‘नेपग्याज्म लाइभ  इभेन्ट एनएलई कम्पनीबीच व्यवयसायिक सम्झौता भएको छ। २०७९ असार ७ गते दुई पक्ष बीच सम्झौता भएको विज्ञप्तिमार्फत जनाइएको हो । सम्झौतापछि कन्दराका गीतसंगीत निर्माणदेखि कन्सर्ट व्यवस्थापनका सम्पूर्ण जिम्मेवारी नेपग्याज्म लाइभ इभेन्ट (एनएलई) ले गर्ने ब्यान्डका गायक विवेक श्रेष्ठले बताए ।

‘सन् २०१६देखि हामी ब्यान्डलाई पुनः सक्रिय बनाउन प्रयासरत थियौं । संगीत पूर्ण रुपमा व्यवसायिक बनिसकेको अहिलेको समयमा हाम्रा सबै गतिविधि र कामलाई व्यवस्थापन गरिदिने कोही भइदिए हुन्थ्यो भन्ने महसुस गरेका थियौं,’ गायक श्रेष्ठले भने, ‘ नेपग्याज्म लाइभ इभेन्टले हाम्रो आवश्यकता पूरा गर्ने कुरा मिलेपछि  हामीबीच सहकार्य भएको हो ।’

उनकाअनुसार यही वर्ष ब्यान्डले नयाँ गीतसँगै आफ्ना तीन चर्चित गीतहरुको रिप्राइज्ड भर्सन सार्वजनिक गर्दैछ। यसबाहेक नयाँ गीतको तयारी पनि सुरु भइसकेको छ । यी सबै कामको व्यवस्थापकीय जिम्मेवारी एनएलईले हेर्ने उनले बताए।कन्दराले पहिलो एल्बमको टाइटल ट्र्याक चञ्चलेकान्छी, दोस्रो एल्बमको टाइटलट्र्याक डाँडापारि र तेस्रो एल्बमको चर्चित गीत विदेशिएर गइन् उनीको रिप्राइज्ड भर्सन निकाल्ने  तयारी भइरहेको हो । यी गीतहरुको म्युजिक भिडिओ निर्माणदेखि सोसल मिडिया प्रोमोसनसम्मका पक्षएनएलईले हेर्ने  छ। यसमा बजार प्रवद्र्धन र व्यवस्थापनदेखि ब्रान्डिङसम्मका काम अटाउनेछ ।

एनएलई सन् २०१८ देखि स्ट्यान्ड अप कमेडी निर्माणमा अग्रणी संस्था नेपग्याज्मका संस्थापकहरुकै नेतृत्वमा सुरु भएको हो । ​नेपग्याजम लाइभ इभेन्टका संस्थापक मध्ये एक शरद श्रेष्ठले एनएलईको पहिलो काम नै कन्दराबाट सुरु गर्न पाउनु ठूलो अवसर भएको बताए।

सन्२०२१मा हिमालयन टिभीमा ‘हल अफ फेम’नामक भर्चुअल सिंगिङ रियालिटी शो प्रसारण भएको थियो। हलअफ फेम प्रोडक्सनको काम नेपग्याज्मले सम्हालेको थियो भने निर्णायक मध्येका एक थिए विवेक।सन् नब्बेको दशकमा उदाएको कन्दराका लेककी हे माया, चन्चले कान्छी, तिमी पारी, हङकङ पोखरा, तगारोमा रुमाल राखी जस्ता गीत चर्चित छन् ।

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

Heart touching Quotes in Nepali ll मन छुने भनाईहरु :

मन छुने लाईनहरु :  १. कुनै त्यस्तो पल छैन, जुन पल म तिमिलाई नसम्झी रहन सक्छु। २. मन दुखेर पनि रुन नसकिन्दो रहेछ कहिले काहीं सायद मन दुखाउने मान्छे आफ्नै भएर होला । ३. कुराले मात्र होइन महोदय, व्यबहारले पनि थाहा हुन्छ, यहाँ को आफ्नो अनि को पराई हो भनेर । ४. आखाले एउटा देख्छ, भग्यले एउटा दिन्छ, जिन्दगीले पनि एउटा अजिब खेल खेलेको हुन्छ । ६. रुप सङ्ग होइन मन सङ्ग प्रेम गर्नुहोस, किनकी लामो समय सम्म रुपले होइन, मनले साथ दिन्छ । ७. छोडिदिए त्यस्ता मान्छेहरु सङ्ग बोल्न, जसले हरेक शब्दमा घमण्ड मिसाएर बोल्ने गर्छ । ८. भोको पेट, खाली गोजि र झुटो प्रेमले मानिसलाई धेरै कुरा सिकाएर जान्छ । ९. व्यवहार र बोली सुन्दर बनाउ, छाला त एकदिन चाउरिएर जान्छ । १०. लेख्नलाई कलम होइन शब्द राम्रो हुनु पर्छ, देख्नलाई रुप होइन व्यबहार राम्रो हुनु पर्छ । ११. मेरो पनि आफ्नै एउटा नियम छ। एकचोटि छोडिसकेको कुरा फिर्ता लिने बानी छैन, चाहे त्यो सामान होस या सम्बन्ध । १२. सम्बन्ध टिकाउन हातमा लगाएको मेहेन्दीको रङ्ग होइन, एकअर्का प्रतिको बिश्व...

Namana Laaj Yastari Full Lyrics in Nepali - Prem Dhoj Pradhan

Songs Details : Song: Namana Laja Yastari Singers: Prem Dhoj Pradhan ,  Usha Mangeshkar Lyrics: Kiran Kharel Music: Jaydev Movie: Maitighar Songs Lyrics in Nepali : नमान लाज यस्तरी, कि झुम्छ जिन्दगी मेरो २ नआऊ सामु यस्तरी, कि अड्छ ढुकढुकी मेरो २ नआऊ सामु यस्तरी त्यो घुम्टो म उचालौ की मुहार त्यो नियालु कि भुलेर आफुलाई नै हजुर मै हराऊ कि २ न मान लाज यस्तरी कि अड्छ ढुकढुकी मेरो नआऊ सामु यस्तरी यो बैसमा बतासिदै, नआऊ न आकासिदै के थाहा भोलि कल्पिए रुनु छ कि निसासिदै २ नआऊ सामु यस्तरी, कि झुम्छ जिन्दगी मेरो नमान लाज यस्तरी यता उता नशा छरौ मिठा मिठा कुरा गरौ कि हामी एक अर्काको नगिच मै जिऊ मरु २ नमान लाज यस्तरी, कि अड्छ ढुकढुकी मेरो नआऊ सामु यस्तरी जतन गरेको दिल मेरो, नटिप है यो फुल मेरो म प्रेममा डराउछु, हुने हो कि भुल यो मेरो २ नआऊ सामु यस्तरी, कि झुम्छ जिन्दगी मेरो कि अड्छ ढुकढुकी मेरो कि झुम्छ जिन्दगी मेरो, कि अड्छ ढुकढुकी मेरो नआऊ सामु यस्तरी नमान लाज यस्तरी Official Music Video :

Rajamati Kumati Lyrics in Nepali - Seturam Shrestha

Song Details : Song : Rajamati Kumati Singer :  Seturam Shrestha Lyrics in Nepali : राजामति कुमति  जिके वसा पिरती हाय बाबा राजामति चा राजामति मबिउसा   काशी वने तेल बुबा राजामति मबिउसा   काशी वने तेल बुबा हया ब्यू राजामति चा ख्वा धासा बाला  ख्वाले निगः ती दु हिसी दुम राजामतिचा  ख्वा धासा बाला  ख्वाले निगः ती दु हिसी दुम राजामतिचा  धिकार जनम राजमति  या करम  वैसे म्हज म्दुम्ह  न्हापा वम्ह तरिथकु  लिपा वम्ह  चिरिथकु  वन्हे लिपा राजमति चा  तरिथकुया तायो दु  चिरिथकुया विजा दु  राजमतिया विजाकनि दु  प्याखना  हुयेका गुजराती फुयेका  राजमति व्या याना व्यू  राजमति मव्युसा कासि वने तेल बुवा  हया व्यू राजमति चा