गीत विवरण :
गीत : दुई कदम
स्वर / शब्द / सङ्गीत : सन्जिब बराईली
स्वर : मेलिना राई
केटि :
हरेक दिन मायामा पर्न मन छ तिमी सङ्ग
हरेक पल मायामै रम्न मन छ तिमी सङ्ग
चाहे जस्तो सुकै आई परोस बाधा र अड्चन
पाएको एउटै जीवन कटाउन मन छ तिमी सङ्ग
केटा :
दुई कदम हिडु लाग्यो तिमी सङ्ग
मनको ब्याथा साटु लाग्यो तिमी सङ्ग
जस्तो बाधा आई परे पनि
तिमी सङ्गै हुने मन छ
आधिहुरी आए पनि तिम्रो साथ रहन मन छ
दुई कदम हिडु लाग्यो तिमी सङ्ग
केटि :
आखित के नै छ र यो जिन्दगी
बाचुन्जेलि बस तिम्रो साथ भए पुग्छ
एकातिर छ यो दुनिया अर्को तिर बस
तिम्रो हात भए पुग्छ साथ भए पुग्छ
केटा :
कतै टाढा जाउ लाग्यो तिमी सङ्ग
कहिकतै हराउ लाग्यो तिमी सङ्ग
जस्तो दु:ख आईपरे पनि
तिमी सङ्गै रुने मन छ
मायाको त्यो आकाशमा
तिमी सङ्गै उड्ने मन छ
दुई कदम हिडु लाग्यो तिमी सङ्ग
0 टिप्पणियाँ