मान पनि त्याग्न राजी छु
मायाको लागि आइ परे
ज्यान पनि त्याग्न राजी छु
सै हँमा सै हँमा
केटी: गाउँ पनि त्याग्न राजी छु
नाउ पनि त्याग्न राजी छु
मायाको लागि आइ परे
ज्यान पनि त्याग्न राजी छु
सै हँपा सै हँपा
केटा: जीवनको लामो यात्रामा
भेटिनँ कोही साथ मैले
केटी: यो मनको कुनै पानामा
लेखिनँ केही घात मैले
केटा: धार पनि टेक्न राजी छु
भार पनि थेग्न राजी छु
मायाको लागि आइ परे
ज्यान पनि त्याग्न राजी छु
सै हँमा सै हँमा
केटी: आकाशको नीलो रङ्गझैँ
पोखियो माया मूलसरि
केटा: मुस्कानको सुन्दर थुँगाझैँ
फकृयो माया फूलसरि
केटी: घर पनि त्याग्न राजी छु
डर पनि त्याग्न राजी छु
मायाको लागि आइ परे
ज्यान पनि त्याग्न राजी छु
0 टिप्पणियाँ